Loading

आईजीपी दान बहादुर कार्कीद्वारा सुर्खेतमा सिनियर प्रहरी अधिकृत निवासको उद्घाटन

आईजीपी दान बहादुर कार्कीद्वारा सुर्खेतमा सिनियर प्रहरी अधिकृत निवासको उद्घाटन

सुर्खेत, ११ वैशाख । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (IGP) दान बहादुर कार्कीले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको नवनिर्मित सिनियर प्रहरी अधिकृत निवास भवनको समुद्घाटन गर्नुभएको छ। आज (शुक्रबार) प्रदेश प्रहरी कार्यालय परिसरमा आयोजित एक विशेष समारोहका बीच उहाँले उक्त भवनको उद्घाटन गर्नुभएको हो।

भवन उद्घाटन पश्चात् आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सुरक्षित र सुविधासम्पन्न कार्यस्थलले प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने र कार्यसम्पादनमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले राज्यको लगानीमा निर्माण भएका भौतिक संरचनाहरूको उचित संरक्षण र सदुपयोग गर्दै नागरिक सेवामा समर्पित हुन प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो।

समुद्घाटन समारोहमा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (DIGP) जयराज सापकोटा, प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्री, र प्रहरी नायव महानिरीक्षक (इन्जिनियर) राम कुमार चौधरीको उपस्थिति रहेको थियो। यस्तै, कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू लगायत विभिन्न दर्जाका प्रहरी कर्मचारीहरूको सहभागिता थियो।

प्रहरी अधिकारीहरूका साथै विभिन्न सुरक्षा निकायका प्रमुखहरू, प्रशासनिक अधिकारी, स्थानीय तहका प्रतिनिधि, पूर्व प्रहरी कर्मचारी, पत्रकार, व्यवसायी तथा बुद्धिजीवीहरूको समेत उल्लेखनीय उपस्थितिमा कार्यक्रम सु-सम्पन्न भएको छ। यो नयाँ भवन निर्माणसँगै कर्णालीमा कार्यरत सिनियर प्रहरी अधिकृतहरूको आवास व्यवस्थापनमा सहजता आउने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार