काठमाडौँ, ८ वैशाख । सरकारले सार्वजनिक सेवा प्रवाहमा विद्यमान झन्झटिलो र खर्चिलो प्रक्रियालाई पूर्ण रूपमा हटाउँदै ‘बिजनेस प्रोसेस रि-इन्जिनियरिङ’ (BPR) मोडल कार्यान्वयनमा ल्याउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजाे साेमबार देशभरका सबै मन्त्रालय, आयोग, सातै प्रदेश र सबै स्थानीय तहलाई परिपत्र गर्दै ३० दिनभित्र प्रशासनिक कार्यप्रक्रिया पुनर्संरचना गरी सेवालाई सरल र परिणाममुखी बनाउन कडा निर्देशन दिएको हो।