Loading

निजामती कर्मचारीको बिदा विवरण तीन दिनभित्र पठाउन सरकारको निर्देशन

निजामती कर्मचारीको बिदा विवरण तीन दिनभित्र पठाउन सरकारको निर्देशन

काठमाडौँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय र मातहतका निकायहरूलाई आफ्ना कर्मचारीहरूको बिदा सम्बन्धी विस्तृत विवरण उपलब्ध गराउन कडा निर्देशन दिएको छ। मन्त्रालयले २०८२ चैत २४ गते एक परिपत्र जारी गर्दै कार्यरत निजामती कर्मचारीहरूले विभिन्न मितिमा स्वीकृत गराएका बिदाहरूको विवरण तीन दिनभित्र अनिवार्य रूपमा पठाउन ताकेता गरेको हो। माग गरिएका बिदाका विवरणहरू मन्त्रालयले कर्मचारी प्रशासनलाई थप व्यवस्थित बनाउन विशेष गरी लामो अवधिका र विशेष प्रकृतिका बिदाहरूको अभिलेख माग गरेको छ। जस अन्तर्गत देहायका बिदाहरूको विवरण पठाउनुपर्नेछ:

अध्ययन बिदा: कर्मचारीले लिएका तलबी तथा बेतलबी अध्ययन बिदाको पूर्ण विवरण।

असाधारण र बेतलबी बिदा: विशेष परिस्थितिमा लिइएका असाधारण र अन्य बेतलबी बिदाहरू।

प्रसूति बिदा: महिला कर्मचारीहरूले लिने प्रसूति बिदा तथा बेतलबी प्रसूति बिदाको रेकर्ड।

हाजिरी र अवधि स्पष्ट खुलाउनुपर्ने

मन्त्रालयका सचिव चन्द्रकला पौडेलद्वारा हस्ताक्षरित उक्त परिपत्रमा बिदा स्वीकृत भएका कर्मचारीको विवरण र बिदाको अवधिका साथै बिदा सकिएपछि सम्बन्धित कर्मचारी कार्यालयमा हाजिर भएको मिति समेत स्पष्ट खुलाउन निर्देशन दिइएको छ।

सबै निकायहरूले यो विवरण मन्त्रालयको आधिकारिक इमेल (federal.emp.admin@mofaga.gov.np) मा तोकिएको समयभित्रै प्राप्त हुने गरी आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत मन्त्रालयले अनुरोध गरेको छ। कर्मचारीहरूको विदा व्यवस्थापन र उनीहरूको कार्यस्थलमा उपस्थितिको अवस्थालाई थप पारदर्शी बनाउन यो विवरण माग गरिएको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार