कालीकाेट –सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। मन्त्रिपरिषद्को चैत्र १६ गतेको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गर्नुभएको हो।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार, संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को अधिवेशन आगामी २०८२ साल चैत्र १९ गते बिहीबार दिउँसो २:०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ। यस अधिवेशनमा विभिन्न विधेयकहरू र समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।