कालीकाेट- यहाँकाे नरहरिनाथ गाउँपालिका ३ पाल्तीगाउँमा एक महिलाको घरमै हत्या भएको छ । सोमबार बिहान स्थानीय २७ वर्षीया मानपुरा बुढाको घरमै हत्या भएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न रहेको आशंकामा मृतकका श्रीमान् २९ वर्षीय काशीराम बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताउनु भयाे । मृतकको टाउकोमा गहिरो घाउ रहेकाले कुटपिटबाट हत्या भएको हुनसक्ने यहाँकाे भनाइ छ ।
मृतकका ३ सन्तान छन् । डेढ वर्ष एक संन्तान, ४ वर्षको छोरा र ७ वर्षकी छोरी छन् ।
