कालीकाेट-कर्णाली प्रदेश सरकारले रविन्द्र चन्दलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई सदस्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसैगरी उपाध्यक्षमा वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेतका प्रमोद हमाल नियुक्त भएका छन् । सदस्यहरुमा खाँडाचक्र ७ कालीकोटका पंखबहादुर मल्ल, वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतका भीमकुमारी भुसाल, चंखेली गाउँपालिका ४ हुम्लाका गोर्खबहादुर शाही, दुल्लु नगरपालिका ८ दैलेखका पवनकुमार थापा र वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतका किरणकिशोर सापकोटालाई मनोनयन गर्ने निर्णय कर्णाली प्रदेश सरकारले गरेको छ।