Loading

नरहरीनाथ गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्यकर्मी सम्मानित

नरहरीनाथ गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्यकर्मी सम्मानित

कालीकोट- यहाँकाे नरहरीनाथ गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य सेवा प्रवर्द्धनतर्फ महत्वपूर्ण कदम चालिएको छ। गाउँपालिकाको वडा नं. १ स्थित कोटबाडा स्वास्थ्य चौकीलाई मिति २०८२ चैत ८ गते पोषणमैत्री स्वास्थ्य संस्थाको रूपमा घोषणा गरिएको छ भने वडा नं. ३ स्थित योगी नरहरिनाथ आधारभूत अस्पताललाई मिति २०८२ चैत ९ गते पोषणमैत्री उन्मुख अस्पतालको रूपमा घोषणा गरिएको हो।

यी घोषणासँगै सदरमुकाम मान्ममा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रमको समापन सत्रमा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको छ। कार्यक्रममा कार्यालय प्रमुख डा. रत्न वीर सुनारले स्वास्थ्य शाखा प्रमुख मानबहादुर सहकारी र पहेन सरिता बिष्टलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएकाे छ।

गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य संस्थाको अवधारणा कार्यान्वयनले बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्थाको सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। स्थानीय तहले यस अभियानलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार