कालीकाेट- चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै शपथ ग्रहणका लागि जानकारी दिएको छ।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेकाे सूचना अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्ष सिंहदरबारमा हुने भएकाे छ । सचिवालयले जारी गरेको सूचनामा लेखिएअनुसार निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको भनेर दिएको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपी) र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो ल्याउनुपर्ने सूचनामा उल्लेख छ । शपथ ग्रहणमा आउँदा निर्धारित समयभन्दा दुई घण्टा अगावै आउन भनिएको छ ।
