Loading

माथिल्लो डाेल्पाकाे मतदान केन्द्रमा खटिएका निर्वाचन कर्मचारी बिरामी, हेलिकप्टर मार्फत उद्धार

माथिल्लो डाेल्पाकाे मतदान केन्द्रमा खटिएका निर्वाचन कर्मचारी बिरामी, हेलिकप्टर मार्फत उद्धार

कालीकाेट- माथिल्लो डाेल्पा क्षेत्रमा पर्ने मतदान केन्द्रमा खटिएका निर्वाचन कर्मचारी बिरामी परेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका–६ फोतगाउँस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका पाँच जना कर्मचारी चिसो मौसम र अक्सिजनको कमीका कारण बिरामी भएका हुन् ।

बिरामी परेका कर्मचारीलाइ नेपाली सेनाको हेलीकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बताउनु भयाे ।

उद्धार पश्चात उनीहरुलाई जिल्ला अस्पताल डोल्पामा उपचारको लागि पठाइएको छ । उक्त मतदान केन्द्र जिल्ला सदरमुकाम दुनैबाट पैदल यात्रा करिब ६ दिनको दुरीमा पर्ने अत्यन्त दुर्गम स्थानमा छ । त्यहाँकाे मतदान केन्द्रमा ४० मतदाता छन् । निर्वाचनको लागि उनीहरुलाई हेलिकप्टर मार्फत मतदान केन्द्रमा पुर्‍याइएको थियो ।

मतदान केन्द्रमा खटाइएका कर्मचारी बिरामी परेपछि उक्त मतदान केन्द्रमा आवश्यक वैकल्पिक व्यवस्था मिलाइएकाे प्रजिअ ढकालले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार