कालीकोट- जिल्ला निर्वाचन कार्यालय कालीकोटले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मतदान अधिकृतहरूलाई निर्वाचन सामग्री वितरण कार्य सुरु भएको जनाएको छ।
कार्यालयका अनुसार हिजो शनिबार पलाता र पचालझरना गाउँपालिकाअन्तर्गतका २८ वटा मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरूले आवश्यक निर्वाचन सामग्री बुझिसकेका छन्। अन्य बाँकी रहेका १०० मतदान केन्द्रका मतदान अधिकृतहरूले आज निर्वाचन सामग्री बुझ्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन अधिकारी बिश्व मंगल शर्माले बताउनु भयाे ।
यसैबीच, पलाता र पचालझरना गाउँपालिकाअन्तर्गतका मतदान केन्द्रमध्ये २ वटा केन्द्र बाहेक २६ वटा मतदान केन्द्रका मतदान अधिकृतहरू आवश्यक सामग्रीसहित मतदान केन्द्रतर्फ प्रस्थान गरिसकेका छन्। दुर्गम भूगोल र यातायातको अवस्थालाई ध्यानमा राख्दै चरणबद्ध रूपमा मतदान टोलीहरू परिचालन गरिएको कार्यालयले जनाएकाे छ।
बाँकी रहेका मतदान केन्द्रका मतदान अधिकृतहरू भोलि मतदान केन्द्रतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढाइएको प्रमुख जिल्ला अधिकारी गाेकर्णराज सुयलले बताउनु भयाे ।