कालीकाेट- जिल्ला निर्वाचन कार्यालय कालीकाेटकाे आयाेजनामा निर्वाचन र आमसंचार विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । माननीय मुख्य निर्वाचन अधिकृत कुल प्रसाद दाहालकाे अध्यक्षतामा अन्तरक्रिया कार्यक्रममा गरिएकाे हाे ।
कार्यक्रममा जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिका सदस्य तथा सहायक प्रजिअ जनक शर्मा, सदस्य तथा काेष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख टंक बहादुर थापा, जिल्ला निर्वाचन कार्यालय प्रमुख बिश्वमंगल शर्मा र जिल्लामा उपलब्ध पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे ।
निर्वाचन आयाेगले जारी गरेका नीति नियमकाे पुर्णरुपमा पालना गर्दै जिल्लामा प्रभावकारी तवरले शान्तिपुर्ण निर्वाचन सम्पन्न गर्न सबैकाे अपर्रिहार्य सहयाेगकाे खाँचाे रहेकाे मुख्य निर्वाचन अधिकृत दाहालले बताउनु भयाे । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालीकाेटमा २ जना स्वतन्त्र सहित १० जनाकाे उम्मेदवारी परेकाे छ । कुल ८४ हजार ६ सय ४६ जना मतदाता रहेकाे कालीकाेटमा १ सय ३ मतदान स्थल र १ सय २७ मतदान केन्द्र छन् ।