Loading

क्यान महासंघको दुई बर्षे रणनीतिक योजना निर्माण हुदै

क्यान महासंघको दुई बर्षे रणनीतिक योजना निर्माण हुदै

कालीकोट– कम्प्युटर एशोसिएसन महासंघ (क्यान महासंघ) नेपालको दुई बर्षे रणनीतिक योजना निर्माण गरिने भएको छ । रणनीतिक योजना निर्माणका लागि क्यान महासंघ केन्द्रिय समितिको टिम शुक्रबार चितवन पुगेर कार्य प्रारम्भ गरेको छ । महासंघका पदाधिकारीले आज समुह छलफल गरेको छन् । बिभिन्न ७ वटा बिषयमा समुह बिभाजन गरेर छलफल गरिएको क्यान महासंघका महासचिव चिरन्जीबी अधिकारीले जानकारी दिनु भयो ।

सूचना प्रविधिको विकासका लागि क्यान महासंघ र सरकार बिच छलफल एंव अन्तरक्रिया गर्ने,सूचना प्रविधि उद्योग स्थापनाका लागि क्यान महासंघको भूमिका शसक्त पार्नेे, नेपाली सप्टवयर कम्पनीको समस्या समाधान र बजारीकरण गर्न पहल गर्ने लगायतका बिषयमा छलफल भएको क्यान महासंघ कर्णाली प्रदेश सदस्य रामकिशोर रावलले बताउनु भयो ।

बार्षिक योजना निर्माण तथा रणनीतिक योजना निर्माण बैठकले प्रबिधिका क्षेत्रमा गरिएका र गर्न आवश्यक देखिएका महत्वपुर्ण बिषयमा छलफल गर्ने क्यान महासंघका पुर्व अध्यक्ष नवराज कुवरले बताउनु भयो । बैठक क्यान महासंघका केन्द्रिय अध्यक्ष रन्जीत पोदारको अध्यक्षतामा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार