Loading

रास्कोटमा तेस्रो मेयर कप सम्पन्न : क्रिकेटमा पलाँता र फुटबलमा सान्नीत्रिवेणी बने च्याम्पियन

रास्कोटमा तेस्रो मेयर कप सम्पन्न : क्रिकेटमा पलाँता र फुटबलमा सान्नीत्रिवेणी बने च्याम्पियन

कालीकोट, २२ कार्तिक। कालीकोटको रास्कोट नगरपालिकामा सञ्चालित ‘तेस्रो मेयर कप–२०८३’ टी–२० क्रिकेट तथा फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। गत कात्तिक १८ गते नगर प्रमुखद्वारा औपचारिक उद्घाटन गरिएको प्रतियोगिता खेलकुद, युवा उत्साह र आपसी एकताको सन्देश दिँदै आज टुङ्गिएको हो।

स्थानीय तहहरूबीच भएको कडा प्रतिस्पर्धात्मक खेलमा क्रिकेटतर्फको उपाधि पलाँता गाउँपालिकाले हात पारेको छ। रोमाञ्चक फाइनल भिडन्तमा आयोजक रास्कोट नगरपालिकालाई हराउँदै पलाँता विजेता बन्दा रास्कोट उपविजेतामा सीमित भएको छ।

त्यस्तै फुटबलतर्फ सान्नीत्रिवेणी गाउँपालिकाले उत्कृष्ट खेल प्रदर्शन गर्दै च्याम्पियनको ट्रफी उचालेको छ। उपाधिका लागि भएको फाइनल प्रतिस्पर्धामा पलाँता गाउँपालिकालाई पन्छाउँदै सान्नीत्रिवेणीले विजेताको यात्रा तय गरेको हो भने पलाँता गाउँपालिका उपविजेता बनेको छ। समापन समारोहमा विजयी तथा उपविजेता टिम, खेलाडीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार