कालीकोट, १९ कार्तिक । कालीकोट जिल्लामा निर्माण हुन लागेको बहुचर्चित ४२० मेगावाट क्षमताको ‘तिला–२ जलविद्युत आयोजना’ ले ठूलो संख्यामा प्राविधिक तथा प्रशासनिक जनशक्तिका लागि आवेदन खुला गरेको छ। आयोजनाको प्रवर्द्धक कम्पनी ‘उर्जा तिला पावर कम्पनी प्रा. लि.’ ले २६ विभिन्न पदका लागि योग्य तथा अनुभवी नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो।
कम्पनीले प्रोजेक्ट म्यानेजर, सिनियर प्रोजेक्ट कोअर्डिनेटर, कन्स्ट्रक्सन म्यानेजर, टनेल इन्जिनियर, सिभिल साइट इन्जिनियर, मेकानिकल र इलेक्ट्रिकल इन्जिनियर, जियोलोजिस्ट, सर्भेयर, सुरक्षा अधिकृत, वातावरण अधिकृत तथा प्रशासन, वित्त र मानव संशाधन (HR) सम्बन्धी विभिन्न पदहरूमा दक्ष जनशक्ति माग गरेको छ।
इच्छुक र योग्य उम्मेदवारहरूले आफ्नो अद्यावधिक बायोडाटा (CV), कभर लेटर तथा शैक्षिक र अनुभवका प्रमाणपत्रहरू कम्पनीको आधिकारिक इमेल hr@utpcnp.com मार्फत पठाउन सक्नेछन्। सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ। कर्णालीको ठूलो जलविद्युत आयोजनामा यति ठूलो संख्यामा रोजगारी खुल्नुले दक्ष जनशक्तिका लागि नयाँ अवसर सिर्जना गरेको छ।
