Loading

आगामी तीन दिन देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

आगामी तीन दिन देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, असोज ५ गते  । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ५ गतेदेखि असोज ७ गतेसम्मको मौसम चेतावनी नक्सा तथा बुलेटिन जारी गर्दै देशका विभिन्न प्रदेशहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज असोज ५ गते सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी, भोलि असोज ६ गते मङ्गलबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। सोही दिन राति भने कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी असोज ७ गते बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना कायमै रहनेछ। सोही दिन राति वर्षाको प्रभाव अझै बढ्ने र कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशको पहाडी भू-भाग र बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार