Loading

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

काठमाडौँ, असोज २ गते । नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।

यसअघि प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशकका रूपमा कार्यरत श्रेष्ठले लामो समयदेखि प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। २०५४ सालमा सातौँ तहको अधिकृतका रूपमा प्राधिकरण प्रवेश गर्नुभएका श्रेष्ठसँग करिब २९ वर्षको संस्थागत अनुभव रहेको छ। इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेशन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएका उहाँ यसअघि वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हुनुहुन्थ्यो।

तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएपछि गत वैशाख २३ गते उहाँलाई निमित्त र वैशाख ३० गते सञ्चालक समितिले कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो।

मन्त्रिपरिषद्को पूर्ण नियुक्तिसँगै अब उहाँले स्थायी कार्यकारी निर्देशकका रूपमा प्राधिकरणको नेतृत्व सम्हाल्नुहुनेछ। हाल भोटेकोशी-त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना, विद्युत् आपूर्ति व्यवस्थापन तथा प्रभावित आयोजनाहरूको पुनर्निर्माणलाई अघि बढाउने मुख्य चुनौती र जिम्मेवारी उहाँको काँधमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार