Loading

कालीकोट जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न: विपद् प्रतिकार्य, उद्धार र मर्मतसम्भारका विभिन्न १६ निर्णय

कालीकोट जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न: विपद् प्रतिकार्य, उद्धार र मर्मतसम्भारका विभिन्न १६ निर्णय

कालीकोट १६ भाद्र । जिल्ला प्रशासन कार्यालय कालीकोटको सभाहलमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष झविलाल भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाही, तिलागुफा नगरपालिकाका मेयर शंकर प्रसाद उपाध्याय, महावै गाउँपालिका अध्यक्ष खेम बहादु सिंह शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्य, सान्निवेणी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ३ का अध्यक्ष रङ्गलाल देवकोटा, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, गैरसरकारी संघ-संस्थाका प्रतिनिधि, पत्रकार एवं नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकले मनसुनजन्य विपद् प्रतिकार्य, रसुवा बाढीका कारण बेपत्ता कालीकोटका नागरिकहरूको खोजी, भौतिक पूर्वाधार मर्मत तथा राहत व्यवस्थापनसम्बन्धी विभिन्न १६ वटा महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ

१. ड्रोन खरिदका लागि स्थानीय तहसँग अनुरोध: भौगोलिक विकटता र मनसुनजन्य बाढी-पहिरोका कारण हुने क्षति अध्ययन, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन जिल्ला विपद् कोषमा पर्याप्त बजेट नभएकाले खाँडाचक्र नगरपालिका, रास्कोटी नगरपालिका र महावै गाउँपालिकालाई सुरक्षा निकायको स्पेसिफिकेसन अनुसार १-१ वटा ड्रोन खरिद गरी सुरक्षा निकायलाई उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको छ

२. रसुवा बाढीमा बेपत्ता कालीकोटका ६ जनाको शीघ्र खोजी र श्रद्धाञ्जली: २०८३ साउन १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण कालीकोटका ६ जना नागरिक (पलाँता गाउँपालिका वडा नं. २ का लक्ष्मण परियार, नरहरिनाथ गाउँपालिका वडा नं. १ का अनिपाल विष्ट र धीरेन्द्र विष्ट, खाँडाचक्र नगरपालिका वडा नं. ५ का सरिता मल्ल शाही, दुर्गा कुमारी शाही र काव्यास शाही) अझै सम्पर्कविहीन रहेकाले उहाँहरूको शीघ्र खोज-उद्धारका लागि सम्बन्धित सरोकारवालासँग समन्वय गर्ने निर्णय भएको छ। साथै, उक्त बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावितका लागि सरकारी एवं गैरसरकारी निकायबाट जिन्सी तथा नगदी सहयोग सङ्कलन गरी प्रधानमन्त्री राहत कोष र सम्बन्धित प्रशासन कार्यालयमा बुझाउने व्यवस्था मिलाइनेछ

३. तिलागुफा गाल्जे-भात्तडी स्याउ ओसारपसार रोपवे मर्मत: तिलागुफा नगरपालिका वडा नं. ११ कामखेतमा उत्पादित स्याउको बजारीकरणका लागि भीर-पहिरो र भौगोलिक विकटताका कारण मानवीय जोखिम रहेकाले गाल्जेदेखि भात्तडी (कामखेत) सम्मको बिग्रिएको रोपवे मर्मत गरी सञ्चालन गर्न कृषि विकास कार्यालय कालीकोटमार्फत कर्णाली प्रदेश सरकारमा अनुरोध गर्ने निर्णय भएको छ

४. पहिरो अध्ययन र जोखिमयुक्त संरचना पुनर्निर्माण:

पचालझरना खार्दु पहिरो: एक दशकदेखि जोखिममा रहेको पचालझरना गाउँपालिका वडा नं. ३ खार्दु क्षेत्रको भौगर्भिक अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पत्राचार गरिनेछ

बिजोशी मावि क्षति: २०८३ साउन २० गतेको अविरल वर्षाका कारण भत्किएको खाँडाचक्र नगरपालिका वडा नं. १० स्थित श्री बिजोशी माध्यमिक विद्यालयको भवन पुनर्निर्माणका लागि आवश्यक सहयोग माग गरिनेछ

शुभकालिका ढुङ्गा व्यवस्थापन: शुभकालिका गाउँपालिका वडा नं. ४ चौलागाईँवाडास्थित गाउँमाथि रहेको जोखिमयुक्त ठूलो ढुङ्गा व्यवस्थापनका लागि प्राविधिक टोलीसँग समन्वय गरिनेछ

५. मृतक परिवारलाई राहत सोधभर्ना: सान्नित्रिवेणी गाउँपालिका वडा नं. ६ का मन्दिर सावद र लाल सावदको पहिरोमा परी मृत्यु भएकोमा विपद् मापदण्ड २०८१ अनुसार सम्बन्धित स्थानीय तहले राहत उपलब्ध गराउने र पछि जिल्ला विपद् कोषबाट सोधभर्ना गरिने निर्णय भएको छ

६. स्थानीय पाठ्यक्रममा विपद् शिक्षा र पूर्वतयारी: जिल्लाका सबै विद्यालयको पाठ्यक्रममा बाढी, पहिरो, भूकम्प र आगलागी जस्ता विपद् प्रतिकार्य विषय समावेश गर्न अनुरोध गर्ने तथा स्थानीय तहहरूलाई विस्तृत भौगर्भिक अध्ययन गराई जोखिम न्यूनीकरणका योजना बनाउन

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार