Loading

बडिमालिका यात्रामा लेक लागेर गम्भीर बिरामी परेका पाध्यायको उद्धार, हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगियो

बडिमालिका यात्रामा लेक लागेर गम्भीर बिरामी परेका पाध्यायको उद्धार, हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगियो

बाजुरा १० भाद्र । प्रसिद्ध धार्मिक स्थल बडिमालिका तीर्थयात्राका क्रममा लेक लागेर (अक्सिजनको कमी भई) गम्भीर बिरामी परेका बाजुराको बुढीगंगा नगरपालिका–६ का ३४ वर्षीय चन्द्र पाध्यायको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

त्रिवेणी धाम क्षेत्रमा पुगेका पाध्यायको शरीरमा अक्सिजनको स्तर अत्यधिक घटेपछि स्वास्थ्य अवस्था निकै जटिल बनेको थियो। उच्च क्षेत्रमा तत्कालै अन्य उपचार सम्भव नभएपछि उनलाई उद्धार गरी थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल पठाइएको छ।

बिरामीको ज्यान जोगाउन स्थानीय प्रशासन र जनप्रतिनिधिले द्रुत तदारुकता देखाएका छन्। बुढीगंगा नगरपालिकाले हेलिकप्टरको सम्पूर्ण भाडा व्यहोर्ने गरी जिल्ला प्रशासन कार्यालय बाजुरा र नेपाली सेनाको विशेष पहल तथा समन्वयमा हवाई उद्धार सम्भव भएको हो।

समयमै उद्धारमा खटिने प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र बुढीगंगा नगरपालिकाप्रति सर्वसाधारण तथा आफन्तजनले धन्यवाद ज्ञापन गरेका छन्। यतिबेला पाध्यायको सुर्खेतमा उपचार भइरहेको छ भने स्थानीयले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार