काठमाडौँ, २७ साउन । पश्चिमी कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २४० नाघेको छ। गत सोमबार बिहान ७:३४ बजे गएको भूकम्पपछि उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजी र उद्धारमा निरन्तर खटिरहेका छन्।
भूकम्पबाट सबैभन्दा बढी क्षति काली र पेरेरा सहरमा भएको छ। सरकारी तथ्यांकले १८१ जनाको मृत्यु पुष्टि गरे पनि स्थानीय अधिकारीहरूको विवरण जोड्दा मृतकको संख्या २४० भन्दा बढी पुगेको छ। राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले देशमा आपत्काल घोषणा गर्नुभएको छ।
प्रभावित क्षेत्र पेरेरा पुग्नुभएका राष्ट्रपति एस्प्रिएलाका अनुसार भूकम्पमा परी करिब २ हजार ६ सय जना घाइते भएका छन् भने झन्डै २ सय जना अझै बेपत्ता छन्। भूकम्पका कारण १ हजार १ सयभन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ८ हजारभन्दा बढी घरमा क्षति पुगेको छ।
परकम्प आउने क्रम जारी रहेकाले र घरहरू पुनः भत्किने डरले हजारौँ विस्थापितहरूले खुला आकाशमुनि रात बिताउन बाध्य भएका छन्।