Loading

आजको मौसम: हावाहुरी, असिना र मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आजको मौसम: हावाहुरी, असिना र मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ  ३० बैसाख। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले २०८३ वैशाख ३० गते बुधबारका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ महाशाखाका अनुसार आज देशका विभिन्न प्रदेशहरूमा हावाहुरी, असिना र मेघगर्जनसहित वर्षाको सम्भावना देखिएको छ

कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ बाँकी तराई भू-भागका एक-दुई स्थानमा समेत मेघगर्जनसहित वर्षाको सम्भावना छ विशेष गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही जिल्लाहरूमा हावाहुरी, असिना र मेघगर्जन/चट्याङ्गको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ

कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बादल लाग्नेछ कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ महाशाखाले हावाहुरी र चट्याङ्गबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षित रहन सबैमा आग्रह गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार