Loading

बझाङ प्रहरीको कमाण्ड अब टेक जोराको हातमा: को हुन् नयाँ इन्चार्ज ?

बझाङ प्रहरीको कमाण्ड अब टेक जोराको हातमा: को हुन् नयाँ इन्चार्ज ?

बझाङ, २५ वैशाख । जिल्ला प्रहरी कार्यालय बझाङले नयाँ नेतृत्व पाएको छ। अनुभवी प्रहरी अधिकारीका रूपमा चिनिनुहुने प्रहरी नायब उपरीक्षक टेक बहादुर जोरालाई बझाङ प्रहरी प्रमुखको जिम्मेवारी दिएर काजमा खटाइएको छ।

किन भयो नेतृत्व परिवर्तन ?

बझाङमा कार्यरत डीएसपी खगेन्द्र धमला नेपाल प्रहरी स्टाफ कलेजमा सञ्चालन हुने ‘पुलिस लिडरसिप एण्ड स्टाफ कोर्स’ (ब्याच–२) का लागि छनोट भएपछि बझाङको कमाण्ड रिक्त भएको थियो। धमला अध्ययनका लागि गएपछि प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत जोरालाई बझाङको जिम्मेवारी सुम्पिएको हो।

जोराको पृष्ठभूमि र अनुभव

प्रहरी वृत्तमा एक सफल र अनुभवी अधिकारीको पहिचान बनाउनुभएका जोराले यसअघि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयमा महत्वपूर्ण भूमिका निभाउनुभएको थियो। ट्राफिक व्यवस्थापन र प्रशासनिक कार्यमा अब्बल मानिनुहुने जोरालाई बझाङमा ‘पहिलो कमाण्ड’ सम्हाल्ने अवसर मिलेको छ।

बझाङमा नयाँ चुनौती र अपेक्षा

प्रदेश प्रहरी कार्यालयबाट सिधै जिल्लाको कमाण्ड सम्हाल्न पुग्नुभएका डीएसपी जोराका सामु बझाङको शान्ति सुरक्षा कायम राख्ने र सीमावर्ती क्षेत्रका समस्याहरूलाई समाधान गर्ने मुख्य चुनौती रहेको छ। अनुभवी नेतृत्व आएकाले बझाङबासीले प्रहरी सेवामा थप प्रभावकारिता आउने अपेक्षा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार