Loading

रास्कोट नगरपालिकाको ऐतिहासिक फड्को: स्थानीय तहबाटै प्यान (PAN) सेवा दिने कर्णालीकै पहिलो पालिका

रास्कोट नगरपालिकाको ऐतिहासिक फड्को: स्थानीय तहबाटै प्यान (PAN) सेवा दिने कर्णालीकै पहिलो पालिका

रास्कोट (कालीकोट), २२ वैशाख । कालीकोटको रास्कोट नगरपालिकाले कर्णाली प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै करदाता सेवा सुरु गरेर नयाँ इतिहास रचेको छ। नगरपालिकाले आन्तरिक राजस्व कार्यालय जुम्लासँगको प्रत्यक्ष सहयोग र समन्वयमा राजश्व सम्बन्धी सेवाहरू आफ्नै कार्यालयबाट प्रवाह गर्न थालेको हो।

आन्तरिक राजस्व कार्यालय जुम्लाका कर अधिकृत भूपी पौड्यालका अनुसार स्थानीय तहबाट यस्तो सेवा प्रवाह गर्ने रास्कोट नगरपालिका कर्णाली प्रदेशमै पहिलो भएको छ। अब रास्कोटका नागरिक र व्यवसायीहरूले नगरपालिकाको कार्यालयबाटै व्यावसायिक प्यान (PAN), व्यक्तिगत प्यान र संस्थागत प्यान प्राप्त गर्न सक्नेछन्। यसका लागि अब जुम्ला वा सुर्खेत धाउनुपर्ने बाध्यता अन्त्य भएको छ

नागरिकको समय र खर्चको बचत नगर प्रमुख धर्मराज शाहीले संघीयताको मर्म अनुसार नागरिकलाई घरदैलोमै सेवा पुर्‍याउन यो पहल गरिएको बताउनुभयो। सेवा शुभारम्भ कार्यक्रममा पहिलो सेवाग्राही बन्नुभएकी रास्कोट–१ स्थित भावना जनरल स्टोरकी प्रोप्राइटर सरिता सिम्खाडा (चौलागाईँ) ले खुसी व्यक्त गर्नुभयो। “यसअघि प्यान बनाउन जुम्ला जाँदा ३ दिन समय र करिब १० हजार रुपैयाँ खर्च हुन्थ्यो, अब आफ्नै नगरपालिकामा सेवा पाउँदा ठूलो राहत मिलेको छ,” उहाँले भन्नुभयो।

यस सेवाको सुरुवातसँगै रास्कोट नगरपालिकाले अन्य स्थानीय तहका लागि पनि उदाहरणीय कार्य गरेको छ। अब रास्कोटका नागरिकले करदाता पहिचान नम्बर दर्ता र नवीकरणका लागि महँगो खर्च गरेर बाहिर जानुपर्ने छैन

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार