Loading

खाँडाचक्र नगरपालिकाद्वारा ६ जना ‘गणक’ माग: गरिब परिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गरिने

खाँडाचक्र नगरपालिकाद्वारा ६ जना ‘गणक’ माग: गरिब परिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गरिने

कालीकोट- कालीकोटको खाँडाचक्र नगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र उपलब्ध गराउने प्रयोजनका लागि ‘गणक’ पदमा दरखास्त आह्वान गरेको छ। नगरपालिकाले गरिब घरपरिवार व्यवस्थापन सूचना प्रणाली (PMIS) मार्फत तथ्याङ्क सङ्कलन गर्न ६ जना गणकहरू करार सेवामा भर्ना गर्न लागेको हो।

योग्यता र आवेदन प्रक्रिया नगरपालिकाले जारी गरेको सूचना अनुसार, मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा १०+२ वा सो सरह उत्तीर्ण गरेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदन दिने उम्मेदवारको उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ (महिला तथा अपाङ्गताको हकमा ४० वर्ष)। १८ गते प्रकाशित यो सूचना अनुसार इच्छुक व्यक्तिले आगामी चैत्र ३० गतेभित्र नगरपालिकाको कार्यालयमा दरखास्त बुझाउन सक्नेछन्।

प्राविधिक सीपलाई प्राथमिकता गणक पदका लागि कम्प्युटर सफ्टवेयर चलाउन जान्ने र मोबाइलमा नेपाली युनिकोड टाइप गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। यसका साथै स्थानीय तहमा स्थायी बसोबास भएका, कुशल सञ्चार सीप भएका र यसअघि तथ्याङ्क सङ्कलन कार्यमा अनुभव भएका व्यक्तिहरूलाई विशेष ग्राह्यता दिइने निमित्त प्रमुख प्रशासकीय अधिकृत जसी प्रसाद चौलागाईंले जानकारी दिनुभयो।

परीक्षा र छनोट प्रक्रिया नगरपालिकाका अनुसार छनोट प्रक्रियामा अन्तर्वार्ता र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा समेत लिइनेछ। यसका लागि आगामी २०८३ वैशाख ६ गते परीक्षाको मिति तोकिएको छ। आवेदनका लागि २०० रुपैयाँ दस्तुर तोकिएको छ भने दरखास्तका साथ शैक्षिक योग्यता, नेपाली नागरिकता र कार्य अनुभवका प्रमाणपत्रहरूको प्रतिलिपि पेस गर्नुपर्नेछ।

छनोट भएका गणकहरूले नगरपालिकाभित्रका विभिन्न वडाहरूमा पुगेर गरिब परिवार पहिचान सम्बन्धी मार्गदर्शन बमोजिम पारिवारिक तथ्याङ्क सङ्कलनको काम गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार