Loading

कर्णाली प्रदेश सरकारको प्रवक्तामा मन्त्री कल्याणी खड्का तोकिइन्

कर्णाली प्रदेश सरकारको प्रवक्तामा मन्त्री कल्याणी खड्का तोकिइन्

कालीकोट भाद्र  २४ गते । कर्णाली प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्कालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खड्कालाई सरकारको आधिकारिक प्रवक्ता तोक्ने निर्णय गरेको हो।

प्रवक्ताको जिम्मेवारी पाएसँगै अब प्रदेश सरकारका नीति, निर्णय तथा समसामयिक विषयमा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने मुख्य जिम्मेवारी खड्काको काँधमा आएको छ। कल्याणी खड्का कर्णाली प्रदेशसभामा समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसद हुन्।

तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट प्रदेशसभा सदस्य बनेकी उनी पछिल्लो राजनीतिक समीकरणसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध भई प्रदेश सरकारमा मन्त्री बनेकी हुन्। सरकारको प्रवक्ता तोकिएपछि मन्त्री खड्काले प्रदेश सरकारका विकास निर्माण, जनहितका निर्णय तथा प्रशासनिक गतिविधिहरूलाई पारदर्शी र नागरिकसमक्ष द्रुत रूपमा पुर्‍याउन प्रभावकारी समन्वय गर्ने बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार