Loading

रसुवा बाढी अद्यावधिक: मृतक संख्या १,३६७ पुग्यो, १३ हजार ६ सयभन्दा बढीको सकुशल उद्धार

रसुवा बाढी अद्यावधिक: मृतक संख्या १,३६७ पुग्यो, १३ हजार ६ सयभन्दा बढीको सकुशल उद्धार

काठमाडौँ  भाद्र २४ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहतको पछिल्लो अद्यावधिक विवरण (भदौ २४ गते बिहान ११:०० बजेसम्मको) सार्वजनिक गरेको छ।

प्राधिकरणका अनुसार बाढीका कारण ज्यान गुमाउनेको संख्या १,३६७ पुगेको छ। जसमा रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६, नवलपरासी पश्चिममा २२२ तथा काठमाडौँमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ। फेला परेका शवहरूमध्ये हालसम्म १०२ जनाको मात्र पहिचान भई आफन्तलाई बुझाइएको छ।

बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म १३,६४६ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार कार्यका लागि नेपाली सेना तथा सशस्त्र प्रहरी बलका हेलिकप्टरमार्फत निरन्तर उडान भइरहेको प्राधिकरणले जनाएको छ।

अझै पनि ५,१३२ जना नागरिक सम्पर्कविहीन रहेका छन्। जसमा रसुवाबाट २,८६० जना (रसुवाका १,३९३, अन्य जिल्लाका १,२८६, नेपाली सेना ४५, नेपाल प्रहरी २५, सशस्त्र प्रहरी १२, सरकारी कर्मचारी ७३ र बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६) रहेका छन्। यस्तै नुवाकोटबाट १,७८७ जना र करिब ५८७ जना विदेशी पर्यटक सम्पर्कविहीन छन्।

विपद प्रभावित क्षेत्रमा २१,१८५ जना सुरक्षाकर्मी परिचालन गरिएका छन् भने ३७ वटा होल्डिङ सेन्टरमा ३,६२८ जनालाई राखिएको छ। प्रभावित जिल्लाहरूमा राहत सामग्री वितरण निरन्तर जारी राखिएको छ भने इन्धन, स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्शसमेत प्रवाह भइरहेको प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार