Loading

कालीकोटमा विशेष देउडा प्रस्तुतिमार्फत महिला, युवा तथा बालअधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कालीकोटमा विशेष देउडा प्रस्तुतिमार्फत महिला, युवा तथा बालअधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कालीकोट, भाद्र २३ गते। कर्णालीको मौलिक लोकसंस्कृति देउडाका माध्यमबाट समुदायमा महिला, युवा तथा बालबालिकाका अधिकार र सामाजिक सवालहरूबारे सचेतना जगाउने उद्देश्यले एक विशेष कार्यक्रम सम्पन्न भएको छ।

‘महिला, युवा तथा बालअधिकार सम्बन्धी विशेष देउडा प्रस्तुतिमार्फत समुदायमा सचेतना अभिवृद्धि कार्यक्रम’ खाँडाचक्र नगरपालिका वडा नं. ३ मा सफलतापूर्वक सम्पन्न भएको हो।

सोसेक नेपालको आयोजना तथा खाँडाचक्र नगरपालिका कालीकोटको समन्वयमा सञ्चालित उक्त कार्यक्रममा स्थानीय कलाकारहरूले देउडा गीतमार्फत महिला अधिकार, लैङ्गिक समानता, बालअधिकारको संरक्षण, बालविवाह न्यूनीकरण, युवा सहभागिता र सामाजिक उत्तरदायित्वका विविध पक्षमा सशक्त सन्देश प्रस्तुत गरेका थिए।

कर्णालीको जनजीवनसँग गहिरो रूपमा जोडिएको देउडा गीतमार्फत प्रस्तुत गरिएका चेतनामूलक सन्देशले समुदायका नागरिकहरूलाई अधिकारप्रति सचेत गराउनुका साथै कुरीति र विभेदविरुद्ध उभिन प्रेरित गरेको आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला, युवा, बालबालिका तथा सर्वसाधारणको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार