Loading

प्रधानमन्त्री शाह र अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता: बाढी विपद्‌मा अष्ट्रेलियाको सहयोगप्रति आभार

प्रधानमन्त्री शाह र अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता: बाढी विपद्‌मा अष्ट्रेलियाको सहयोगप्रति आभार

काठमाडौँ १९ भाद्र । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच आज बिहान १० बजे टेलिफोन वार्ता भएको छ। नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग भएको यो संवादलाई प्रधानमन्त्री शाहले अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभएको छ।

संवादका क्रममा प्रधानमन्त्री शाहले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जनधन र भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै यस कठिन घडीमा अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकहरूले देखाएको ऐक्यबद्धताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। साथै, विपद्को यो अवस्थामा उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले देखाएको सहयोग, विशेष गरी विशेषज्ञसहित ड्रोन अपरेटरको टोली परिचालन, अत्यावश्यक राहत सामग्रीको सहयोग र आर्थिक सहायताका लागि उहाँले प्रशंसा गर्नुभयो।

सो अवसरमा प्रधानमन्त्री शाहले नेपालमा बाढीका कारण बेपत्ता भएका अष्ट्रेलियाली नागरिकहरूको पनि तीव्रताका साथ खोजी कार्य भइरहेको जानकारी गराउनुभयो। नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको स्मरण गर्दै उहाँले विपद्को यस क्षणमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरूमा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य जारी रहने स्पष्ट पार्नुभयो।

वार्ताका क्रममा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बाढी विपद्का कारण नेपालले भोगिरहेको कठिनाइ र क्षतिप्रति गहिरो चासो र चिन्ता व्यक्त गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार