Loading

पोतमारा पावरहाउस ६ वर्षपछि पुनः सञ्चालनमा आयाे

पोतमारा पावरहाउस ६ वर्षपछि पुनः सञ्चालनमा आयाे

कालिकोट १९ भाद्र । २०७७ सालको विनाशकारी बाढीका कारण नहर तथा इन्टेकमा क्षति पुगी बन्द भएको कालीकोटस्थित पोतमारा पावरहाउसबाट ६ वर्षपछि पुनः विद्युत् उत्पादन सुरु भएको छ। निरन्तरको प्राविधिक प्रयास, मर्मतसम्भार र व्यवस्थापकीय तत्परतापछि बिहिबार बाट पावरहाउसलाई पुनः सञ्चालनमा आएकाे नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका इन्जिनियर हरेन्द्रराय यादवले बताउनु भयाे।

विद्युत् गृह पुनः सञ्चालनमा आएसँगै लामो समयदेखि अन्धकार र ऊर्जा संकट झेलिरहेका स्थानीयमा नयाँ उत्साह थपिएको छ। बाढीले पुर्‍याएको ठूलो क्षतिलाई पन्छाउँदै हासिल गरिएको यो सफलतालाई कालीकोटको ऊर्जा क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

पावरहाउसबाट पुनः विद्युत् उत्पादन सुरु भएसँगै नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने प्राविधिक टोली, कर्मचारी, व्यवस्थापन पक्ष र स्थानीय समुदायप्रति धन्यवाद व्यक्त गरेको छ। “उज्यालो कालीकोट, समृद्ध नेपाल” को लक्ष्यसहित पोतमारा पावरहाउसको पुनर्जन्मले जिल्लाको विकासमा थप टेवा पुग्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार