Loading

माथिल्लो त्रिशूली ३ ‘ए’ को टनेल ‘ब्रेक थ्रू’ नजिक, बट्टारबाट सेनाले हेलिकप्टरमार्फत पुर्‍यायो स्काभेटर र डोजर (भिडीयाे सहित)

माथिल्लो त्रिशूली ३ ‘ए’ को टनेल ‘ब्रेक थ्रू’ नजिक, बट्टारबाट सेनाले हेलिकप्टरमार्फत पुर्‍यायो स्काभेटर र डोजर (भिडीयाे सहित)

काठमाडौँ १४ भाद्र । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले प्राविधिक तयारी र उद्धार कार्यलाई तीव्र बनाएको छ। आयोजनास्थलसम्म भारी उपकरणहरू पुर्‍याउन कठिन भएपछि नेपाली सेनाले स्काभेटर र डोजरलाई खण्ड-खण्ड (डिसमेन्टल) पारेर नुवाकोटको बट्टारसम्म पुर्‍याई त्यहाँबाट हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगेको छ।

बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनासहितको संयुक्त टोली अहोरात्र खटिरहेको छ। गएराति फेरि भीषण बाढी आएका कारण उद्धार कार्य जोखिमपूर्ण बने तापनि सुरक्षाकर्मीहरूले खोजी तथा उद्धार प्रयासलाई निरन्तरता दिएका छन्।

नेपाली सेनाका अनुसार अबको करिब एक घण्टाभित्र सुरुङको प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने अर्थात् ‘ब्रेक थ्रू’ गर्ने काम सम्पन्न हुनेछ। सुरुङको मुख खुला भएलगत्तै भित्र फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य प्रत्यक्ष रूपमा सुरु गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार