Loading

हुम्लाको ताजाकोट गाउँपालिका कार्यालयमा मध्यराति आगलागी

हुम्लाको ताजाकोट गाउँपालिका कार्यालयमा मध्यराति आगलागी

कालीकाेट ८ भाद्र। हिमाली जिल्ला हुम्लाको ताजाकोट गाउँपालिकाको कार्यालयमा गएराति आगलागी भएको छ। राति करिब २ बजेको समयमा विद्युत्‌को तार सर्ट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको गाउँपालिकाका प्रवक्ता मङ्गल नेपालीले जानकारी दिनुभएको छ।

राति भूकम्पको धक्का जस्तै आभास भएपछि बाहिर निस्किएका स्थानीय र प्रहरीले पालिका कार्यालयमा आगो लागेको देखेका थिए। लगत्तै खटिएका स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले राति नै आगो नियन्त्रणमा लिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले बताउनुभयो।

प्रजिअ गुरागाईँका अनुसार आगलागीबाट गाउँपालिकाको लेखा शाखामा रहेका महत्वपूर्ण कागजात तथा स्रेस्ताहरू जलेर नष्ट भएका छन्। घटनाको थप विवरण सङ्कलन गर्न र वस्तुस्थिति बुझ्न प्रहरी टोली घटनास्थलतर्फ खटिगएको तथा आगलागीको कारणबारे सूक्ष्म अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार