Loading

बाजागाजा र डोलीसहित कालीकोटबाट बडिमालिकाका लागि सरकारी टोली प्रस्थान

बाजागाजा र डोलीसहित कालीकोटबाट बडिमालिकाका लागि सरकारी टोली प्रस्थान

कालीकाेट ३ भाद्र। प्रसिद्ध धार्मिक स्थल बडिमालिका भगवतीको विशेष पूजाआजा तथा मेलाका लागि कालीकोटबाट परम्परागत डोली र पूजा सामग्रीसहितको सरकारी टोली बडिमालिकातर्फ प्रस्थान गरेको छ।

कालीकोटको सदरमुकाम मान्मबाट कर्मचारी, पुजारी र सुरक्षाकर्मी सम्मिलित टोली बुधबार औपचारिक रूपमा यात्रामा निस्किएको प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय कालीकोटका खरिदार अर्जुन उपाध्यायको नेतृत्वमा टोलीलाई बडिमालिकातर्फ पठाइएको छ।

टोलीको बिदाइका क्रममा जिल्ला प्रशासन कार्यालय परिसरमा नेपाली सेनाको टोलीले ब्यान्डबाजा र बिगुल फुकेर विशेष सलामी तथा सम्मान अर्पण गरेको थियो। सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधि र सर्वसाधारणले टोलीलाई फूलमाला र अबिर लगाएर भव्य रूपमा बिदाइ गरेका छन्। यस वर्ष कालीकोट जिल्लाको तर्फबाट बडिमालिका भगवतीको मन्दिरमा विशेष पूजापाठ गरिने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार