Loading

महावै र शुभकालिका गाउँपालिकामा नयाँ शाखा अधिकृत खटाइयो

महावै र शुभकालिका गाउँपालिकामा नयाँ शाखा अधिकृत खटाइयो

कालीकाेट २ भाद्र। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भदौ १ गतेको निर्णयअनुसार कालीकोट जिल्लाका दुई स्थानीय तहमा नयाँ शाखा अधिकृत पाएका छन्।

मन्त्रालयले निजामती सेवाका अधिकृतहरूलाई स्थानीय सरकार सञ्चालन ऐन बमोजिम कामकाज गर्ने गरी कालीकोटका दुई गाउँपालिकामा खटाएको हो। जसअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत नेपाल प्रशासन सेवाका शाखा अधिकृत कमल प्रसाद भुसाललाई महावै गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ।

त्यसैगरी गृह मन्त्रालय काठमाडौँमा कार्यरत शाखा अधिकृत नारायण खत्रीलाई शुभकालिका गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ। मन्त्रालय स्तरबाट नयाँ प्रशासनिक अधिकृतहरू खटिएसँगै ती स्थानीय तहमा लामो समयदेखि देखिँदै आएको प्रशासनिक अन्योल अन्त्य भई दैनिक कार्यसम्पादन तथा सार्वजनिक सेवा प्रवाह थप चुस्त र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार