कालीकाेट २ भाद्र। कर्मचारी मिलन केन्द्र कालीकोटको आयोजनामा जिल्लामा भर्खरै सरुवा भई आउनुभएका सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरूलाई एक समारोहका बिच भव्य स्वागत गरिएको छ।
जिल्लामा नवआगन्तुक नेपाली सेनाका सेनानी मोतिराम खत्री, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (DSP) प्रमोद खड्का र जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक (Inspector) सुरेस खत्रीलाई स्वागत गरिएको हो।
कार्यक्रममा कर्मचारी मिलन केन्द्रका पदाधिकारी तथा स्थानीय राष्ट्रसेवक कर्मचारीहरूले खादा ओढाएर तीनै जना अधिकारीहरूलाई जिल्लामा हार्दिक स्वागत गरे। सो अवसरमा उहाँहरूको कालीकोट बसाइ सुखद, सफल र फलदायी रहोस् भन्ने कामना गर्दै कार्यप्रगतिको हार्दिक शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले जिल्लाको शान्ति सुरक्षा, सुशासन र शान्ति व्यवस्थापनमा नयाँ आएका सुरक्षा अधिकारीहरूसँगको समन्वय र सहकार्य थप मजबुत हुने विश्वास व्यक्त गरे।