Loading

महासङ्घ अध्यक्ष बिष्टलाई मातृशोक

महासङ्घ अध्यक्ष बिष्टलाई मातृशोक

कालीकाेट ३१ साउन। नेपाल पत्रकार महासङ्घ कालीकोटका अध्यक्ष एवं रेडियो नयाँ कर्णालीका स्टेशन म्यानेजर भरतराज बिष्टलाई मातृशोक परेको छ। पलाँता गाउँपालिका–७ पारौँठी घर भई हाल वीरेन्द्रनगर सुर्खेत बस्दै आएकी उहाँकी आमा दाना बिष्टको निधन भएको हो।

लामो समयदेखि बिरामी रही उपचाररत दाना बिष्टको सुर्खेतमा निधन भएको परिवारले जनाएको छ। उहाँका छोराहरू पत्रकार महासङ्घ कालीकोटका अध्यक्ष भरतराज बिष्ट, युवा खेलाडी जगदीश बिष्ट र छोरी व्यवसायी फूलमाया बिष्ट रोकाया हुनुहुन्छ।

आमाको निधनले बिष्ट परिवार शोकमा डुबेको छ। स्वर्गीय दाना बिष्टको सोमबार भेरी नदीमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको छ। उहाँको निधनप्रति विभिन्न सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा स्थानीयहरूले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको शान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार