सुर्खेत, २८ साउन । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतको सहकार्यमा वीरेन्द्रनगरमा आयोजित मानव अधिकार सम्मेलन सम्पन्न भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश र सामाजिक विकास मन्त्रालयको आयोजना तथा विभिन्न गैरसरकारी संस्थाहरूको सहयोगमा साउन २७ गते सम्मेलन सम्पन्न भएको हो।
उक्त सम्मेलनमा कर्णाली प्रदेशका विभिन्न १० वटै जिल्लाबाट आएका मानव अधिकार रक्षकहरूसहित १८० जनाको सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा राष्ट्रिय मानव अधिकार आयोगद्वारा प्रकाशित मानव अधिकार सम्बन्धी विभिन्न जानकारीमूलक पुस्तक, प्रतिवेदन तथा सामग्रीहरूसमेत सहभागीहरूलाई वितरण गरिएको थियो।