Loading

कालीकोटमा ग्यास लुकाए जफत गरिने, बिक्री-वितरणमा प्रशासनको कडा निगरानी

कालीकोटमा ग्यास लुकाए जफत गरिने, बिक्री-वितरणमा प्रशासनको कडा निगरानी

कालीकोट, २२ साउन । बजारमा खाना पकाउने एल.पी. ग्यासको कृत्रिम अभाव सिर्जना हुन नदिन जिल्ला प्रशासन कार्यालय कालीकोटले बिक्री-वितरणमा निगरानी बढाएको छ। पर्याप्त मात्रामा ग्यास सिलिन्डर आपूर्ति भइरहे पनि बजारमा अस्वाभाविक अभाव देखिएपछि प्रशासनले ग्यासको बिक्री प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन विशेष निर्देशन जारी गरेको हो।

 

सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न र अभाव झेलिरहेका छिमेकीलाई सहयोग गर्न अनुरोध गरिएको छ। यस्तै ग्यास व्यवसायीले दैनिक बिक्रीको स्पष्ट अभिलेख जिल्ला प्रशासन र प्रहरी कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ। ग्यास वितरण गर्दा उपभोक्ताको पालो (रोल नम्बर) र खाली सिलिन्डर जमा गर्नेको नामावलीका आधारमा मात्र बेच्नुपर्ने व्यवस्था गरिएको छ।

पहुँचका आधारमा ग्यास बेच्ने, बढी मूल्य लिने वा लुकाएर भण्डारण गर्नेमाथि कानुनी कारबाहीका साथै ग्यास सिलिन्डरसमेत जफत गरिने प्रशासनले जनाएको छ। बजारमा कसैले ग्यास लुकाएको वा कृत्रिम अभाव खडा गरेको थाहा पाएमा तत्काल प्रशासन वा प्रहरीमा खबर गर्न सर्वसाधारणलाई सूचित गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार