Loading

राष्ट्रिय परिचयपत्र प्रमाणीकरणमा प्राविधिक समस्या: ‘कन्फर्मेशन पेज’का आधारमा सेवा प्रवाह गर्न गृह मन्त्रालयको पत्राचार

राष्ट्रिय परिचयपत्र प्रमाणीकरणमा प्राविधिक समस्या: ‘कन्फर्मेशन पेज’का आधारमा सेवा प्रवाह गर्न गृह मन्त्रालयको पत्राचार

कालीकाेट १२ साउन । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा आएको प्राविधिक समस्याका कारण सेवाग्राहीले सास्ती व्यहोर्नुपरेपछि सरकारले वैकल्पिक व्यवस्था मिलाउन सम्बद्ध निकायहरूलाई आग्रह गरेको छ।

विभागको NIDMIS प्रणालीमा विगत केही दिनदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता (Enrollment) गराउने व्यक्तिहरूको NIN (राष्ट्रिय परिचय नम्बर) जारी भए तापनि प्रणालीबाट प्रमाणीकरण (Approved) हुन छाडेको छ। जसका कारण राहदानी, श्रम, सवारी चालक अनुमतिपत्र, सामाजिक सुरक्षा, कर, स्वास्थ्य बीमा तथा बैंकिङ लगायतका अत्यावश्यक सेवा लिन पुगेका नागरिकहरू समस्यामा परेका थिए।

सेवाग्राहीको निरन्तर गुनासोपछि विभागले विभिन्न मन्त्रालय, विभाग तथा बोर्डहरूलाई पत्राचार गर्दै प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्मका लागि सहजीकरण गरिदिन अनुरोध गरेको हो।

विभागका शाखा अधिकृत मणि कुमार राईद्वारा हस्ताक्षरित पत्र अनुसार, NIDMIS प्रणालीबाट उपलब्ध गराइएको र रुजु अधिकारीद्वारा प्रमाणित Confirmation Page (कन्फर्मेशन पेज) लाई नै आधार मानेर सम्बन्धित कार्यालयहरूबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

विभागले प्रणालीमा उत्पन्न प्रमाणीकरणसम्बन्धी समस्याको समाधानका लागि मर्मत सम्भारको काम भइरहेको जनाएको छ। प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि पुनः सोही अनुसार जानकारी गराइने समेत पत्राचारमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार