Loading

सुर्खेतमा एआईजी राठौरको सरप्राइज निरीक्षण: अपराध अनुसन्धान र हिरासत कक्षको अनुगमन, नागरिकमैत्री बन्न निर्देशन

सुर्खेतमा एआईजी राठौरको सरप्राइज निरीक्षण: अपराध अनुसन्धान र हिरासत कक्षको अनुगमन, नागरिकमैत्री बन्न निर्देशन

सुर्खेत १३ असार । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले सुर्खेतमा विशेष निरीक्षण भ्रमण गर्नुभएको छ । शुक्रबार एआईजी राठौरले जिल्ला प्रहरी कार्यालय सुर्खेतका साथै इलाका प्रहरी कार्यालय छिन्चुको वस्तुस्थितिबारे स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको हो ।

निरीक्षणका क्रममा उहाँले प्रहरी कार्यालयभित्रका संवेदनशील शाखाहरू-अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका साथै हिरासत कक्षको समेत बन्दोबस्ती र अवस्थाबारे ब्रिफिङ लिनुभएको थियो । हिरासतमा रहेका थुनुवाहरूको अवस्था र मानवअधिकारको पालनाको विषयमा समेत उहाँले चासो राख्नुभएको प्रहरीले जनाएको छ ।

शाखाहरूको अनुगमन पश्चात् आयोजित विशेष निर्देशन कार्यक्रममा बोल्दै एआईजी राठौरले कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीहरू सधैँ अनुशासित, पारदर्शी र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “नागरिकले प्रहरी कार्यालयमा आउँदा सुरक्षित र न्याय पाएको अनुभूति गर्नुपर्छ । त्यसका लागि उच्च मनोबलका साथ पूर्ण रूपमा नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित हुनूस् ।” अपराध अनुसन्धानलाई थप चुस्त र प्रविधिमैत्री बनाउन तथा पीडित सरोकारवालाहरूसँग नम्र व्यवहार गर्न समेत उहाँले मातहतका कर्मचारीहरूलाई कडा निर्देशन दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार