कालीकाेट, ५ असार । जनचेतना बहुमुखी क्याम्पसमा क्याम्पस व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ। हिजाे असार ४ गते निर्वाचनकाे मतदान कार्य सफलतापूर्वक सम्पन्न भएको छ।
मतदान सकिएलगत्तै गरिएको मतगणनाको अन्तिम नतिजा अनुसार क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष पदमा हेमराज संज्याल विजयी हुनुभएको छ। निर्वाचन अधिकृतद्वारा जारी गरिएको आधिकारिक विज्ञप्ति अनुसार नयाँ कार्यसमितिको सदस्यहरूमा लालपुरा धामी थापा, देवनाथ योगी, अरुण कुमार शाही, सागर कुमार शाही, हिकमत दर्जि, रमेश प्रसाद संज्याल, सत्यदेवी उपाध्याय र अग्र बहादुर बोगटी निर्वाचित हुनुभएको छ।
सम्पन्न निर्वाचनबाट तपसिलका उम्मेदवारहरू विजयी भएको व्यहोरा निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित सम्पूर्णमा जानकारी गराएको छ।