Loading

विश्वकप-२०२६ को अनधिकृत प्रसारणमा रोक: इन्टरनेट प्रदायकलाई प्राधिकरणको कडा निर्देशन

विश्वकप-२०२६ को अनधिकृत प्रसारणमा रोक: इन्टरनेट प्रदायकलाई प्राधिकरणको कडा निर्देशन

काठमाडौँ  २८ जेष्ठ । नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकप फुटबल-२०२६ को नेपालभित्रको आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन र डिसहोमको कन्सोर्टियमले प्राप्त गरेको भन्दै अनधिकृत (पाइरेटेड) स्ट्रिमिङमा रोक लगाउन इन्टरनेट सेवा प्रदायकहरूलाई कडा निर्देशन दिएको छ।

सूचना तथा सञ्चार मन्त्रालयको पत्रका आधारमा प्राधिकरणले केही वेबसाइट र एपहरूले विश्वकपका खेलहरू अनधिकृत रूपमा र निःशुल्क स्ट्रिमिङ गर्ने तयारी गरिरहेको जानकारी आएपछि यस्तो कदम चालेको हो। हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको ‘हिमालय स्पोर्ट्स’ र डिसहोमको ‘DGO’ ले संयुक्त रूपमा विश्वकपको नेपालभित्रको विशेष र आधिकारिक प्रसारण अधिकार खरिद गरेका छन्।

प्राधिकरणले अनधिकृत रूपमा खेल प्रसारण गर्ने भनिएका ३५ वटा वेबसाइट र एपहरूको सूचीसमेत सार्वजनिक गरेको छ। प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई त्यस्ता अनधिकृत माध्यमहरूमा खेलको स्ट्रिमिङ हुन नदिने व्यवस्था मिलाउन र सोको जानकारी प्राधिकरणलाई गराउन निर्देशन दिएको छ। विश्वकपजस्तो ठूलो प्रतियोगिताको आधिकारिक प्रसारण अधिकारको सुरक्षा र नियमनका लागि प्राधिकरणले प्राविधिक निगरानी बढाएको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार