Loading

सुर्खेत नगर विकास समितिमा झण्डै ३ करोड राजस्व हिनामिना: ३ सदस्य सचिवसहित ५ विरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत नगर विकास समितिमा झण्डै ३ करोड राजस्व हिनामिना: ३ सदस्य सचिवसहित ५ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ  ३० बैसाख। सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरमा सटर कवल तथा जग्गा भाडा वापत उठेको राजस्व रकम बैंक दाखिला नगरी व्यक्तिगत हितमा प्रयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आरोपपत्र दायर गरेको छ आयोगले समितिका तीन जना तत्कालीन सदस्य सचिव, लेखा अधिकृत र सह-लेखापाललाई विपक्षी बनाई मुद्दा दर्ता गरेको हो

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको ५ वर्षको अवधिमा भाडा असुली रसिदबाट कुल ४ करोड १८ लाख ४ हजार ३०३ रुपैयाँ राजस्व सङ्कलन भएको देखिएको थियो तर, उक्त रकममध्ये १ करोड २३ लाख २५ हजार ६२२ रुपैयाँ मात्र बैंक दाखिला गरी बाँकी २ करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ राजस्व हिनामिना गरिएको अख्तियारको ठहर छ आफ्नो कसुर लुकाउन प्रतिवादीहरूले बैंक दाखिला भएको देखिने गलत आय-व्यय विवरण तयार गरी समितिको बैठकबाट अनुमोदन समेत गराएको पुष्टि भएको आयोगले जनाएको छ

अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा प्रतिवादीहरूलाई बिगो बमोजिम कैद र बिगोको दोब्बर जरिवाना सजाय माग गरेको छ

बिगो कायम गरी कैद र बिगोको दोब्बर जरिवाना

बिगो कायम गरी कैद र बिगोको दोब्बर जरिवाना

बिगो कायम गरी कैद र बिगोको दोब्बर जरिवाना

बिगो कायम गरी कैद र बिगोको दोब्बर जरिवाना

मृतक हरि बहादुर क्षेत्रीबाट असुल हुनुपर्ने बिगो रकम

यो भ्रष्टाचार प्रकरणमा संलग्न तत्कालीन लेखा अधिकृत हरि बहादुर क्षत्रीको २०८१ जेठ २९ गते मृत्यु भइसकेको छ यद्यपि, भ्रष्टाचार निवारण ऐन र फौजदारी कार्यविधि संहिताको व्यवस्था बमोजिम सरकारी बिगो असुल गर्न सकिने भएकाले उनका हकवाला श्रीमती सिमा कुमारी चन्दबाट २ करोड ९० लाख ९६ हजार ४४१ रुपैयाँ बिगो असुल उपर गर्न मागदाबी लिइएको छ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिवादीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ग) बमोजिमको कसुर गरेको पुष्टि भएको छ

 

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार