Loading

कृषिमा ‘डिजिटल र प्याकेज’ क्रान्ति: बाली लगाउनुअघि नै मूल्यको ग्यारेन्टी र बाँझो जमिनमा युवाको पहुँच

कृषिमा ‘डिजिटल र प्याकेज’ क्रान्ति: बाली लगाउनुअघि नै मूल्यको ग्यारेन्टी र बाँझो जमिनमा युवाको पहुँच

काठमाडौँ  २८ बैसाख। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत कृषि क्षेत्रलाई सम्मानित र लाभदायी पेसाका रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्धन गर्ने नीति लिएको छ ग्रामीण अर्थतन्त्रको पुनर्जीवनका लागि उत्पादन वृद्धि, आयात प्रतिस्थापन र खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न “प्याकेजमा आधारित उत्पादन प्रणाली” र आधुनिक एग्रिटेक (Agri-tech) लाई तीव्रता दिइने भएको छ

कृषि क्षेत्रमा आएका मुख्य र प्रत्यक्ष फाइदा पुग्ने नयाँ व्यवस्थाहरू यस प्रकार छन्:

किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य नपाउने समस्या समाधान गर्न सरकारले अग्रिम मूल्य तोक्ने व्यवस्था गरेको छ। प्रमुख कृषि बालीहरूको न्यूनतम समर्थन मूल्य अब बाली लगाउनुअघि नै तोकिनेछ समर्थन मूल्यको भुक्तानी प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाइनेछ र रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइनेछ न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने निजी कम्पनी तथा सहकारीहरूलाई सरकारले विशेष सहुलियत प्रदान गर्नेछ

कृषियोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै उत्पादन बढाउन भूमि बैंकको मोडल ल्याइएको छ। बाँझो जमिनलाई उत्पादन कार्यमा लगाउन युवा, महिला र भूमिहीन किसानहरूको पहुँच सुनिश्चित गर्न “भूमि बैंक” प्रणाली सञ्चालन गरिनेछ किसानहरूको पहिचानका लागि “किसान परिचयपत्र” र सहुलियतपूर्ण ऋणका लागि “किसान क्रेडिट कार्ड” वितरण गरी प्रविधि र वित्तमा पहुँच विस्तार गरिनेछ करार खेती (Contract Farming) र सहकारी खेतीलाई विशेष प्रोत्साहन दिइनेछ

उपभोक्ताको स्वास्थ्य र निर्यात प्रवर्धनका लागि विषादी नियन्त्रणमा कडाइ गरिने भएको छ। प्रमुख कृषि बजार र भन्सार बिन्दुहरूमा विषादी जाँच गर्न अन्तर्राष्ट्रिय स्तरका प्रयोगशालाहरू विकास र विस्तार गरिनेछ विशिष्ट पहिचान भएका उत्पादनहरूलाई ब्रान्डिङ र बजारीकरण गरी निर्यात प्रवर्धन गरिनेछ

खोरेत लगायतका पशुपन्छीजन्य रोग नियन्त्रणका लागि स्थानीय तहसम्मै “अभियानमुखी खोप कार्यक्रम” सञ्चालन गरिनेछ साना किसानका लागि बाली तथा पशुधन बिमाको प्रक्रियालाई डिजिटल बनाइनेछ र बिमा प्रिमियमको अनुदान सिधै भुक्तानी हुने व्यवस्था मिलाइनेछ

तराई–मधेशमा भूमिगत जलस्रोत र पहाडी क्षेत्रका कृषियोग्य टारहरूमा “लिफ्ट प्रविधि” मार्फत सिँचाइ सुविधा पुर्‍याइनेछ जल र मौसम सम्बन्धी जानकारीका लागि स्वचालित केन्द्रहरूको विस्तार गरी बाढी वा खडेरीको पूर्वानुमान प्रणालीलाई सुदृढ गरिनेछ सरकारले कृषि क्षेत्रलाई हरित अर्थतन्त्रसँग जोड्दै वैदेशिक रोजगारीबाट फर्केका जनशक्तिलाई स्वदेशमै कृषि उद्यममा आकर्षित गर्ने लक्ष्य राखेको छ । यो नीतिले कृषिमा बिचौलियाको अन्त्य गरी वास्तविक किसानलाई लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार