Loading

प्रदेश प्रहरी प्रमुख सापकोटाद्वारा जाजरकोटको स्थलगत निरीक्षण: सेवा प्रवाह र सुरक्षा अवस्थाको अनुगमन

प्रदेश प्रहरी प्रमुख सापकोटाद्वारा जाजरकोटको स्थलगत निरीक्षण: सेवा प्रवाह र सुरक्षा अवस्थाको अनुगमन

जाजरकोट, १९ वैशाख ।कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी जयराज सापकोटाले जिल्ला प्रहरी कार्यालय जाजरकोट र त्यस मातहतका प्रहरी युनिटहरूको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ।

निरीक्षणका क्रममा उहाँले जिल्लाको समग्र शान्ति सुरक्षाको वस्तुस्थिति, प्रहरी कार्यालयहरूबाट सम्पादित काम कारबाही र सेवा प्रवाहको अवस्थाबारे विस्तृत जानकारी लिनुभएको हो। प्रहरीले नागरिकलाई दिने सेवा कति प्रभावकारी छ र जनगुनासो सम्बोधनको प्रक्रिया कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा डीआईजी सापकोटाले प्रत्यक्ष चासो राख्नुभएको थियो।

सो अवसरमा उहाँले मातहतका प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री सेवा प्रवाह गर्न, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन र जनगुनासोलाई तत्काल सम्बोधन गर्न आवश्यक निर्देशन समेत दिनुभयो। प्रहरी युनिटहरूको भौतिक पूर्वाधार र कर्मचारीहरूको कार्यक्षमताको समेत उहाँले निरीक्षण गर्नुभएको छ। प्रदेश प्रमुखको यो सक्रियताले जिल्लाको सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार