थवाङ (रोल्पा), १७ वैशाख । रोल्पाको थवाङ गाउँपालिका–१ स्थित जलजलामा बिहीबार दिउँसो भएको एक भीषण जिप दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ । रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप सडकबाट करिब ८ सय मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त भएको हो।