Loading

कालीकोटको रास्कोटमा ईलाका प्रशासन सुचारु: ४ पालिकाका नागरिकलाई सदरमुकाम धाउनुपर्ने सास्ती अन्त्य

कालीकोटको रास्कोटमा ईलाका प्रशासन सुचारु: ४ पालिकाका नागरिकलाई सदरमुकाम धाउनुपर्ने सास्ती अन्त्य

मान्म, ६ वैशाख । कालीकोट जिल्लाका दुर्गम क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा लिन सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता अब सदाका लागि अन्त्य भएको छ जिल्ला प्रशासन कार्यालय कालीकोटले आगामी वैशाख ७ गतेदेखि ईलाका प्रशासन कार्यालय, रास्कोटबाट नियमित सेवा प्रवाह सुरु गर्ने निर्णय गरेको हो

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ पुस ११ गतेको निर्णयानुसार स्थापना भएको यस कार्यालयले नागरिकता र राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गर्नेछ यसअघि सदरमुकामबाट मात्र उपलब्ध हुँदै आएका नागरिकता जारी गर्ने, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन गर्ने र परिचयपत्र कार्ड वितरण गर्ने लगायतका सेवाहरू अब स्थानीय स्तरमै छिटो, छरितो र सहज रूपमा उपलब्ध हुनेछन्

ईलाका प्रशासन कार्यालय रास्कोट सञ्चालनमा आएपछि मुख्यतया चारवटा स्थानीय तहका नागरिकहरू लाभान्वित हुने भएका छन् जसमा रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकाका सेवाग्राहीहरू रहेका छन् ती क्षेत्रका नागरिकहरूले अब आफ्नो नागरिकता र राष्ट्रिय परिचयपत्र सम्बन्धी कामका लागि ईलाका प्रशासन कार्यालय रास्कोटमै सम्पर्क राख्नुपर्नेछ

सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार यो व्यवस्थाले सेवाग्राहीहरूलाई लामो र कठिन भौगोलिक दूरी पार गरी जिल्ला सदरमुकामसम्म आउनुपर्ने झन्झट कम गर्नेछ यसले नागरिकको समय र पैसाको बचत हुनुका साथै घरदैलोमै सरकारको उपस्थिति महसुस गराउने अपेक्षा गरिएको छ कार्यालयले यस कार्यमा सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्दै तोकिएको मितिदेखि नै सेवा सुचारु हुने सुनिश्चित गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार