Loading

भुकम्प पीडितका लागि महाबै गाउँपालिकाले दुई लाख आर्थिक सहयोग गर्ने घोषणा

भुकम्प पीडितका लागि महाबै गाउँपालिकाले दुई लाख आर्थिक सहयोग गर्ने घोषणा

कालीकोट–जाजरकोट र रुकुम पश्चिम क्षेत्रका भुकम्प पीडितका लागि महाबै गाउँपालिकाले राहत स्वरुप दुई लाख रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष खेमबहादुर सिहले बिहिबार प्रेस बक्तब्य जारी गर्दै राहत तथा पुर्ननिमार्ण अभियानमा सहयोग स्वरुप उक्त रकम आर्थिक सहयोग गरिने बताउनु भयो ।


गत शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १ सय ५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते छन् । दुई जिल्लामा गरी १७ हजार ७ सयभन्दा धेरै घरहरू पूर्णरुपमा क्षति भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार