Loading

खेलकुदको क्षेत्रमा मेहनत गर्न खेलाडीहरुलाई शाहीकाे निर्देशन

खेलकुदको क्षेत्रमा मेहनत गर्न खेलाडीहरुलाई शाहीकाे निर्देशन

कालीकोट- कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय महेन्द्र बहादुर शाहीले कालीकोट जिल्लालाई  अन्तराष्ट्रिय रुपमा चिनाउने गरी खेलकुदको क्षेत्रमा मेहनत गर्न खेलाडीहरुलाई निर्देशन दिएका छन् ।

मंगलवार कालीकोट जिल्लाको १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड  प्रतियोगिताको उद्घाटन गर्न गृह जिल्ला पुगेका शाहीले उक्त निर्देशन दिएका हुन् ।

कर्णाली प्रदेश सरकारले शाही मुख्यमन्त्री भएकाे बेला खेल क्षेत्रलाई नै महत्व दिएकाले खेल क्षेत्रमा ठुलो लगानी रहेकाे बताउनु भयाे ।  कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहहरुमा सुविधा सम्पन्न एक/एक वटा रंगशाला बनाउने नीति लिएको तत्कालिन सरकारको योजना अहिले कार्यान्वयन भइरहेकाे शाहीले बताउनु भयाे ।

रनिङ्ग शिल्ड कार्यक्रममा माननीय हिक्मत बहादुर बिष्ट, माननीय दुर्ग बहादुर रावत, नगर प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी पत्रकार लगायतकाे सहभागीता रहेकाे थियाे । कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले खेलकुद क्षेत्र विकासको लागि कर्णाली प्रदेशमा खेलकुद कानुन बनिरहेकाले आउने दिनमा खेल क्षेत्रमा लाग्ने युवा विद्यार्थीहरुको लागि पहिलेको जस्तो दुख खेप्नु नपर्ने बताउनु भयाे ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश बहादुर शाहीकाे अध्यक्षतामा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड  प्रतियोगिताको उद्घाटन गरिएकाे हाे । खेलकुद तिलागुफा नगरपालिकाकाे फाेइमहादेवमा भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार