Loading

अब एनसेलको मोबाइल नम्बर ९७० बाट सुरु हुने

अब एनसेलको मोबाइल नम्बर ९७० बाट सुरु हुने

कालीकोट-एनसेल आजियटाले अब प्रयोगकर्तालाई ९७० रेन्जमार्फत नम्बर उपलब्ध गराउने भएको छ । ९८० रेन्जमार्फत नम्बर उपलब्ध गराउँदै आएको एनसेलले उक्त रेन्जमा सिमकार्ड सकिएसँगै ९७० बाट नयाँ नम्बर उपलब्ध गराउन लागेकाे हाे ।

एनसेलले नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० चैत ६ मा नयाँ नम्बरिङ रेन्जका लागि स्वीकृति पाइसकेको छ । यसैअनुरुप अब ९७० बाट सुरु हुने मोबाइल नम्बर वितरण गर्ने कम्पनीले जनाएको छ ।

”यस एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि नेपाल दूरसञ्चार प्राधिकरणद्धारा मिति २०७९-१२-६ मा स्वीकृति प्रदान गरिएको पत्र अनुसार ९७०xxxxxxx देखि सुरू हुने नयाँ मोबाइल नम्बर सुचारू गर्न लागेको कुरा सहर्ष जानकारी गराउँदछौं,” कम्पनीको सूचनामा भनिएको छ, ”यस नम्बरका साथ आगामी दिनहरूमा हामी हाम्रा ग्राहकहरूलाई थप सुविधा र अझै विस्तारित सेवा प्रदान गर्नेछौं ।”

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार