कालीकोट— जिल्ला समन्वय समिति सदस्य काली बहादुर बिक शनिबार तिलानदीमा बेपत्ता भएका छन् । तिलागुफा १ भिग्म बजार नजिकै नदीमा दाउरा उर्तान लाग्दा बिक बेपत्ता भएका हुन् ।
प्रहरीले बेपत्ता भएको खबर पाउना साथ खोजी गरिरहेको र थप खोजी कार्यका लागि शसत्र प्रहरीको टोली समेत घटना स्थल गएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी जयश्वर रिमालले बताउनु भयो । विक नेपाली काँगे्रस बाट जिल्ला समन्वय समिति सदस्यमा चुनीयका थिए ।