Loading

बिभेद गरियो भन्ने कुरा साँचो हैन–उपप्रमुख रावत

बिभेद गरियो भन्ने कुरा साँचो हैन–उपप्रमुख रावत

कालीकोट– राष्ट्रपती रनिङ्ग सिल्ड उद्घाटन कार्यक्रमा दलित महिला भएकै कारण आसनग्रहण नगराइएको भन्ने बिषय साँचो नभएको जिल्ला समन्वय समिति उपप्रमुख मिना रावत बिकले बताउनु भयो । बिभिन्न पत्रपत्रीका तथा सामाजिक संजालमा पचालझरना १ सिकुमा आयोजना गरिएको कार्यक्रममा दलित महिला भएकै कारण कार्यक्रमको प्रमुख अथिति नबनाएको भन्ने बिषयमा उहाँले आफ्नो धारणा सामाजिक संजालमा सार्वजनिक गर्नु भएको हो ।

उहाँले भन्नु भयो “ म गाउँमा छु, जिल्लामा मेरो नाम जोडेर धेरै कुरा आएको रहे छ , मैले ढिलो थाहा पाए, आजै नेट हुने ठाँउमा पुगेर मैले मेरो धारणा राखेकी छु, सत्य कुरा यही हो ।” उपप्रमुख रावतलाई कार्यक्रमा दलित महिला भएकै कारण स्थान नदिएको बारे बिभिन्न माध्यममा फरक–फरक तवरले खबर बाहिरीएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार